सुचनामन्त्री देखी बोर्ड अध्यक्षलाई 'कालो पोथी' को प्रिमियरमा यसरी भयो बेवास्ता !
वुधबार राजधानीको कुमारी हलमा भएको चलचित्र 'कालो पोथी'को प्रिमियरमा विभिन्न घटनाहरु घटे, जुन कुराहरु अहिले नेपाली सञ्चारमाध्यमहरुमा मसला बनेका छन् । कार्यक्रममा देखिएको भद्रगोल स्थितीले अझ नेपाली मिडियामा त्यसको मसला राम्रैसँग बनेको छ । त्यहि क्रममा 'कालो पोथी' को प्रिमियरमा एउटा अर्को राम्रै मसला बन्यो जब कार्यक्रममा पुगेका मन्त्रीसम्मलाई बेवास्ता गरियो । चलचित्र हेर्न कुमारी हल पुगेका सुचना तथा सञ्चार मन्त्री शेरधन राई, नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई कार्यक्रममा बेवास्ता गरिएको राम्रैसँग देख्न सकिन्थ्यो । कार्यक्रम सुरु गर्न स्टेज चढेकी अभिनेत्री ऋचा शर्माले बोर्डका अध्यक्षको मात्र होइन मन्त्री राईको सम्म नाम उचारण गरिनन् । उनले चलचित्रका २ बाल कलाकार र निर्देशकलाई स्टेजमा बोलाइन र केहि शब्द राख्न दिइन त्यसपछि चलचित्र कालो पोथी देखाउन सुरु गरियो । मिडियाहरुले उनीहरुको केहि तस्विर खिचेपनि चलचित्रको निर्माणपक्षले भने कार्यक्रमस्थलमा वास्ता गरेको देखिएन् । मन्त्री राई, सचिव भट्टराई र बोर्ड अध्यक्ष राई चलचित्र हेर्न एउटै रोहमा बसेका थिए ।








No comments: