[ ]
Latest News Updates

ADVERTISE WITH US

जेठमा होली खेल्दैं 'गाजलु' कलाकार (भिडियो)
Thursday, June 2, 2016 Posted by Unknown

जेठ २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'गाजलु'को नयाँ गीत सार्वजनिक भएको छ । होलीका लागि विशेष गरि बनाइएको सार्वजनिक गीतमा चलचित्रका अधिकाशं कलाकारहरु रङ्गसँग रमाइरहेको देख्न सकिन्छ । 'रङ्ग रङ्गा' बोलको गीतमा जैन जेको शब्द संगीत रहेको छ भने सिवनी मोक्तानको आवाज रहेको छ । रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र गाजलु अहिलेका सर्वाधिक चर्चित युवा स्टार अनमोल के.सी. र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको जोडी आम दर्शकहरुका लागि ठूलो कौतहुल बनेको छ । लगालग हिट फिल्म दिएका अनमोलको ड्रिम्सको सफलतासंगै प्रशंसकहरु ह्वात्तै बढेका छन् । पहिलो पटक पर्दामा देखिन थालेकी पूर्व मिस नेपाल सृष्टि पनि दर्शकका लागि जबरजस्त आकर्षणको केन्द्र बनेकी छन् । फिल्म मेकिङमा स्नातक गरेका रोहित अधिकारीले गाजलुबाट पहिलोचोटी निर्माणमा हात हालेका छन् । पछिल्लो समयका सफल निर्देशक हेमराज वि.सी. गाजलुका निर्देशक हुन् । यो चलचित्रमा अनमोल र सृष्टिको अलवा सलोन बस्नेत, गौरव पहारी लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply