[ ]
Latest News Updates

ADVERTISE WITH US

'गाँठो' नफुक्दैं नाजिर र नम्रताको प्रेम हल्ला !
Wednesday, June 1, 2016 Posted by Unknown

मनिष अन्जान | नेपाली चलचित्रक्षेत्रमा पनि कलाकारहरुको प्रेम हल्लाले बेला बखतमा नेपाली मिडियाहरु राम्रैसँग तातिरहेका हुन्छन् । कतिको हल्ला सत्यमा सावित हुन्छन् भने कतिको हल्लामा नै सिमिति हुन्छन् । त्यहि क्रममा फेरी एक जोडीको प्रेम हल्लाले नेपाली चलचित्रक्षेत्र राम्रैसँग गर्माएको छ । 'होस्टेल रिटन्र्स' मा निकै रुचाइएका पात्र नाजिर हुसेन अहिले चलचित्र 'गाँठो' की नायिका नम्रता श्रेष्ठसँगको प्रेमसम्बन्धमा रहेको हल्ला छ । भाद्र ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'गाँठो'मा नाजिर हुसेन र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ । चलचित्रको रिलिज मिति नजिकदैं गर्दा वुधबार चलचित्र कालो पोथीको प्रिमियरमा यो जोडी एकसाथ मिडिया माझ देखियो । रेड कार्पेटमा यी दुवैले सँगै ‘वाक’ गरे र मिडियामाझ तस्विर खिचाए । त्यसपछि उनीहरुलाई फिल्मी अपडेट डटकमको क्यामेराले पछ्याइ रह्यो । मिडियालाई फोटो खिचाएपछि उनीहरु कालो पोथी हेर्न हल भित्र पसेँ । उनीहरु हलमा पनि एकसाथ बसेका थिए । कुमारी हलमा आयोजना गरिएको चलचित्र कालो पोथीको प्रिमियरमा देखिएको उनीहरुको निकटतालाई धेरैले प्रेम सम्बन्ध रहेको अडकल काटे तर यर्थाथ के हो त्यो भने भोलीको दिनले देखाउँला । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply