[ ]
Latest News Updates

ADVERTISE WITH US

के गर्भवती नै छिन् त करिना ?
Wednesday, June 1, 2016 Posted by Unknown

सन् २०१२ मा विहे गरेका बलीउड अभिनेता सैफ अली खान र करिना कपुरको सम्बन्धलाई लिएर बेला बखतमा विभिन्न समाचारहरु आइरहेका हुन्छन् । अहिलेसम्म पनि बैबाहिक सम्बन्धमा कुनै पनि दरार आएको खबर बाहिर नआइरहेको बेला अहिले एउटा खबरले बलीउड राम्रैसँग तातेको छ । भारतीय मिडियाहरुले दाबी गर्दै लेखेको समाचार अनुसार करिना गर्भवती छिन् । त्यसैका लागि सैफ अली खान र करिना केहि दिन लण्डन बसेर स्वदेश फर्किएका छन् । केहि दिन आराम गर्नका लागि करिना लण्डन गएको भारतीय मिडियाहरुले समाचारमा उल्लेख गरेका छन् । सैफले करिना गर्भवती भएको कुरा मिडियाबाट लुकाउन चाहन्छन् । त्यसैले उनले लण्डनलाई रोजेको अनलाइनको दाबी छ । यो कुराको पृष्टि हालसम्म न सैफले गरेका छन् नत करिनाले नै तर भारतीय मिडियाहरुले बताए अनुसार करिना गर्भवती भएकै कारण उनीहरु केहि दिन लण्डनमा आराम गर्न गएका थिए । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply