आयो रितिकको धमाकेदार 'मोहेनजो दारो'को ट्रेलर (भिडियो)
बलीउडका एक्शन सुपरस्टार रितिक रोशनको नयाँ चलचित्र 'मोहेनजो दारो'को ट्रेलर सार्वजनिक भएको छ । अगष्ट १२ बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा रितिक एक्शन अवतारमा प्रस्तुत भएका छन् । ट्रेलर हेर्दा रितिक आफ्नो गाउँ बचाउँनका लागि गरेको विभिन्न खाले संर्घष पनि देखाइएको छ । चलचित्रमा रितिकको साथमा नवअभिनेत्री पूजा हेग्डेको पनि मुख्य भुमिका रहेको छ । चलचित्रलाई आशुतोष गोवारिकरको प्रस्तुतिमा गोवारिकर स्वयंले निर्देशन गरेका हुन् ।








No comments: