जब बिबरले आफुलाई नै व्यांग्य गरे....
हलीउडका चर्चित पपस्टार जस्टिन बिबरको विषयमा बेला बखतमा अनेकन कुराहरु सामाजिक सञ्जालमा चलिरहन्छन् । उनलाई व्यांग्य गर्ने देखी उनको समर्थन गर्नेहरु सामाजिक सञ्जालहरुमा प्रशस्तै भेटिन्छन् । तर, पछिल्लो समय बिबरले आफैँमाथि व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेका छन् । क्यानडामा आयोजित एक कन्सर्टको उनले आफैंमाथी व्यांग्य गरेका हुन् । कन्सर्टमा गीत गाउँदा–गाउँदै बिबर स्टेजमै लडे । लडे पनि बिबरले आफूलाई तत्काल समाले । उठेपछि उनले भने, ‘म एउटा बिरालो हुँ, खुट्टाले अडिएँ ।’ यति मात्र होइन, उनले ट्विटरमा पनि भिडियो राखेका छन् । भिडियो क्याप्सनमा उनले लेखेका छन्, ‘म बिरालो हुँ । मसँग नौ जीवन छन्, लोल ।’








No comments: