भारु २४० करोडका मालिक हुन् मिथुन
आफ्नो समयका सफल अभिनेता मिथुन चक्रवर्ती २४० करोड भारु बराबरका मालिक हुन्। उनले यो सम्पती चलचित्रबाट भने पक्कै कमाएका होइनन् । दुई दिनअघि मात्र ६६ वर्ष पुगेका चक्रवर्ती होटल व्यवसायी हुन्। उनको स्वामित्वमा ‘मोनार्क ग्रुप अफ होटल्स’ रहेको छ। तामिलनाडुको उटी, मसिनागुडी र कर्नाटकको मैसुरमा उनले विलासी होटल सञ्चालनमा ल्याएका छन्। सुविधासम्पन्न यी होटलको आम्दानी पनि प्रशस्तै हुने गर्छ। यी सबै होटल र अन्य सम्पति जोड्दा करिब २४० करोड भारुबराबरको सम्पत्तिका चक्रवर्तीको स्वामित्वमा पर्न आउँछ।








No comments: