झरनाकी छोरीले निर्माण गर्न लागेकी हुन् 'ए मेरो हजुर २', हिरोइन होइन बन्न चाहिन्छन् पाइलट
नायिका झरना थापा अहिले आफुले अभिनय गरेको सफल चलचित्र 'ए मेरा हजुर'को सिक्वेल बनाउने तयारीमा छिन् । केहि दिन अघि मात्र साम्राज्ञीराज्य लक्ष्मी शाहलाई नायिकाको रुपमा पक्का गरेकी झरनाले साउन २० गतेबाट चलचित्र 'ए मेरो हजुर २' को छायाँकन आरम्भ गर्ने तयारीमा रहेकी छिन् । पहिलो पटक निर्देशनमा उत्रिन लागेकी झरनाले यस अघि नाजिर हुसेन र वुद्धी तामाङ चलचित्रका लागि फाइनल गरिसकेकी थिइन । सुनिल थापा कार्यकारी निर्माता भएर तयार हुन लागेको यो चलचित्रको निर्मात्री भने झरना थापाकी २० बर्षकी छोरी सुवानी थापा रहने छिन् । यो चलचित्रको औपचारिक निर्माण घोषणा २०७१ कार्तिक ३ गते हङकङमा आयोजना भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा गरिएको थियो । यो चलचित्रको औपचारिक निर्माण घोषणा पनि झरनाकी छोरी सुवानीले नै गरेकी थिइन भने सोहि कार्यक्रममा सुनिल थापाले आफ्नी छोरी सुवानी थापा 'ए मेरो हजुर २' को निर्मात्री रहने पनि खुलाएका थिए । आफ्नो बुबा निर्माता र आमा अभिनेत्री भएपनि सुवानीलाई भने अभिनयको कुनै पनि सोख छैन् । उनी कलाकारितामा होइन एक सक्षम पाइलट बन्न चाहन्छिन् । यो कुरा स्वयम झरनाले बताएकी हुन् । केहि बर्ष अगाडी एक अन्तर्वार्तामा झरनाले आफ्नो छोरी नायिका नभएर पाइलट बन्ने इच्छा बोकेकी बताएकी थिइन । अभिनेत्री झरना थापा आफ्नो समयकी सफल अभिनेत्री हुन् । लगभग एक सय नजिक नेपाली फिल्मकी अभिनेत्री थापाले दर्जन बढी हिट फिल्म दिएकी छिन् । अभिनयपछि अब झरना फिल्म निर्देशनमा जुटेकी छिन् । निकै बर्ष अगाडी श्रीकृष्ण श्रेष्ठ र झरना थापालाई लिएर शिव रेग्मीले ‘ए मेरो हजुर’ निर्देशन गरेका थिए । यो चलचितत्र एकसमयको सर्वाधिक सफल चलचित्रको रुपमा हेरिन्छ ।








No comments: