[ ]
Latest News Updates

ADVERTISE WITH US

कीर्तिपुरमा देखाइयो 'कीर्तिपुर'
Saturday, June 18, 2016 Posted by Unknown

निर्माण भएको लामो समय भइसक्दा पनि सार्वजनिक प्रदर्शनमा नआएको नेपाली चलचित्र 'कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी' को कीर्तिपुरमा रहेको कृष्णसिने भिजन हल पाँगामा प्रदर्शन गरिएको छ । तात्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान कीर्तिपुरमा विजय गरेको विषयलाई लिएर निर्माण भएको चलचित्र हेर्न सिनेमा घरमा अधिकांश बच्चाहरु मात्र थिए । चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, सुशील राजोपाध्याय, अन्जला नकर्मी, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ । फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका छन् । त्यस्तै कला निर्देशन केके मानन्धरले गरेका छन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply