[ ]
Latest News Updates

ADVERTISE WITH US

रिलिज भयो 'म त तिम्रै हुँ' को ट्रेलर (भिडियो)
Monday, June 6, 2016 Posted by Unknown

 
आउन ७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'म त तिम्रै हुँ' को ट्रेलर, एक गीत र अडियो एल्बम सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको निर्माणपक्षले म त तिम्रै हुँको ट्रेलर सार्वजनिक गरेको हो । सुस्मिता केसीले निर्माण गरेको यो चलचित्रमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा अनमोल केसी र सुवास थापाको पनि लगानी रहेको छ । 
चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको छ ।
तस्विर : राजेश केसी

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply