संगीतकार अम्बर गुरुङको निधन, सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने
बरिष्ठ संगीतकार एवं राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङको सोमाबर विहान ग्राण्डी अस्पतालमा निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचाररत गुरुङको पार्थिव शरीरलाई केहि घण्टापछि श्रदाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने छ । आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरू ग्राण्डी अस्पताल पुगेर संगीतकार गुरुङसँग भेट गरेका थिए । अन्न नलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एकसातादेखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत थिए । संगीतकार अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा भएको थियो । संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ विदाई गरिने सरकारको तयारी रहेको छ ।








No comments: