[ ]
Latest News Updates

ADVERTISE WITH US

अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर, चिकित्सक भन्छन्, 'के हुन्छ भन्ने स्थिति छैन'
Monday, June 6, 2016 Posted by Unknown

वरिष्ठ संगीतकार एवं राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर रहेको चिकित्सकले जनाएका छन् । उनको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सोमबार पत्रकारसम्मेलन गरी उनको स्वास्थ्यस्थितिबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उपचारमा संलग्न डा.चक्रराज पाण्डेले संगीतकार गुरुङको स्वास्थ्य अबस्था नाजुक रहेको बताएका छन् । 
उनले गुरुङको रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले उनको श्वासप्रश्वासमा जटिल समस्या आएको जानकारी दिँदै कति मिनेट वा घन्टामा के हुन्छ भन्ने स्थिति नभएको जानकारी दिए । उनका जेठा र माइला सुपुत्र किशोर र राजु गुरुङले सोमबार केही सन्चारमाध्यममा निधन भएको भन्ने समाचारमा आएको कुरा निराधार भएको बताउँदै सन्चारमाध्यलाई संयमित भएर काम गर्न आग्रह गरे । खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत् छन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply