नांगो ज्यान होइन अब राम्रो विषयवस्तु खोज्छु : महिमा सिलवाल
नांगो ज्यान देखाएर चर्चामा आएकी महिमा सिलवाल अब राम्रो विषयवस्तु भएको फिल्ममा अभिनय गर्ने योजनामा छिन् । अंग प्रदर्शन गरेकै कारण पटकपटक आलोचना भएको छ, महिमाको । जिगलो, अप्रिल फुल, दानवलगायत दर्जन चलचित्रमा अभिनय गरेकी छिन् उनले । आफूले अभिनय गरेका फिल्मले लगानी उठाओस् वा नउठाओस् तर चर्चा भएकै हुन्छ । कारण एकाध दृश्यमा भए पनि महिमाले उत्तेजक रूप देखाएकै हुन्छिन् । ‘अब मलाई दर्शकले पहिलाकै जस्तो देख्न पाउनुहुने छैन,’ महिमाले राजधानी दैनिकसँगको कुराकानीमा भनिन्, ‘म छानेर मात्रै फिल्म खेल्छु । संख्या बढाउने तिर लाग्दिनँ ।’ विगतका चलचित्र नाम र दामका लागि काफी भएको धारणा राख्ने महिमा अब चलचित्रको विषय, ब्यानर र कथावस्तु हेरेर मात्रै काम गर्ने योजनामा छिन् । ‘मलाई संख्या बढाउन जरुरी छैन । अब स्तरीय फिल्ममा मात्रै काम गर्छु,’ उनले भनिन् । चलचित्रको अतिरिक्त म्युजिक भिडियोमा समेत उनको सक्रियता बढेको छ । भिडियोमा पनि स्तरीय शब्द र संगीतलाई महत्व दिने गरेकी महिमाले अपोजिटमा को छ हेरेर मात्रै अभिनय गर्छिन् ।








No comments: