[ ]
Latest News Updates

ADVERTISE WITH US

करिश्माले जब प्रधानमन्त्रीलाई 'केपीजि' भनेर सम्बोधन गरिन्
Sunday, June 12, 2016 Posted by Unknown

नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर नेता बाबुराम भट्टराईको नेतृत्वमा घोषणा गरिएको नयाँ शक्ति नेपालका सचिवालय सदस्य हुन् । त्यसो त उनले हिजो नयाँ शक्ति पार्टीको औपचारिक घोषणा सभा कार्यक्रम संचालन गर्ने जिम्मा पाएकी थिईन । तर रिल लाइफमा लोकप्रिय यी नायिका रियल लाइफमा भने नराम्रो सँग चिप्लिएकी छन् । ठूलो भिड र औपचारिक कार्यक्रम भएकाले उनले प्रष्ट बोल्न सकिरहेकी थिइन् । उनले उत्साहित  दर्शकरकार्यकर्ताहरुलाई निराश पारिन । कार्यक्रममा मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीको नाम गलत उच्चारण गरिन  । 
उनले कार्यक्रममा शुभकामना दिन उपस्थित भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई “डा प्रदीप भट्टराई” भनेर मञ्चमा बोलाइन् । करिश्माले प्रदीप गिरीको नाम शुद्धसँग उच्चारण गर्न नजानेपछि प्रदीपले मञ्चबाटै करिश्मालाई ‘उद्घोषक सुन्दरी’को संज्ञा दिएका थिए । प्रदीप गिरीले आलोचना गरेपछि करिश्माले भनिन्, ‘म अलि छिटो बोल्ने गरेकी छु, त्यही भएर गल्ती हुने गरेको छ । अबदेखि म सुध्रिने प्रयास गर्ने छु, सर ।’ करिश्माले धेरै पटक गल्ती गरिन । उद्घोषका क्रममा प्रधानमन्त्रीलाई  प्रधानमन्त्री नभनी सिधै ‘केपीजी’ साढे तीन बजे आउँदै हुनुहुन्छ भनेर सभालाई जानकारी दिईन् । यस्ता धेरै गल्तीहरु उनले कार्यक्रम सञ्चालन गर्दे गर्दा देखिएको थियो । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply