“फिटकिरी” निर्माताको ओसिस क्याफेले मनायो १० औं बार्षिकोत्सव
नेपाली चलचित्र “फिटकिरी” निर्माण गरेका सुमित मैनालीले सञ्चालन गरेको ओसिस क्याफेले आफ्नो १० औं बार्षिकोत्सव मनाएको छ । बसुन्धारामा रहेको ओसिसले आइतबार एक कार्यक्रमका बिच आफ्नो १० औं बार्षिकोत्सव मनाएको हो । चलचित्रकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा १० औ बार्षिकोत्सवको केक पपकर्नका माधव वाग्ले, निर्माता अर्जुन कुमार, निर्देशक दिपेन्द्र के खनाल, नायक आयुष्मान देशराज लगायतका चलचित्रकर्मीहरुले काटेका थिए । पपकर्नका सदस्य समेत रहेका मैनालीले क्याफे सञ्चालन गर्दै गर्दा चलचित्र “फिटकिरी” निर्माण गरेका थिए । चलचित्र “फिटकिरी” ले खासै सफलता हात नपारेपनि उनले होटल व्यबसायमा भने राम्रै सफलता हासिल गरिरहेका छन् । उनले ओसिस क्याफेको बार्षिकोत्सवको अवसर पारेर असार ६ गतेदेखी २० गतेसम्म ५० प्रतिशत छुट दिएको पनि जानकारी दिए । त्यस्तै उनले असार ५ गतेदेखी श्रावण ४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै जाने पनि बताए । फिल्मी अपडेटसँगको विशेष कुराकानीको क्रममा उनले चाँडै आफु नयाँ चलचित्र निर्माण गर्ने पनि खुलाए ।








No comments: