फ्राईडे रिलिज : मुगुको कथासँग अर्चनाको बोल्ड 'छेस्को'
यस पटकको शुक्रबारबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । तर दुई चलचित्रको धार फरक भएका कारण यस पटक भने यि दुवै चलचित्रलाई एकअर्काले कुनै पनि असर नगर्ने पक्का देखिएको छ । मल्टिप्लेक्स केन्द्रीत चलचित्र 'कालो पोथी' र सिंगल थ्रिएटरका लागि लक्षित गरिएको चलचित्र 'छेस्को' आजबाट देशव्यापी प्रदर्शनमा आएका हुन् । यि दुई चलचित्रलाई एकअर्काले कुनै पनि असर गर्ने छैनन् किनकी चलचित्र छेस्को कुनै पनि मल्टिप्लेक्समा प्रदर्शन भएको छैन भने कालो पोथी नेपालका अधिकांश मल्टिप्लेक्समा प्रदर्शन भएको छ तर सिंगल थ्रिएटरमा कमै हल पाएको छ ।
पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरुले पहिलो पटक अभिनय गरेको चलचित्र छेस्कोले ९० बढि सिंगल थ्रिएटर पाएको छ । यो हेर्दा दुवै चलचित्रले एकअर्कालाई असर नगर्ने देखिन्छ । झण्डै तिन करोडको लगानीमा निर्माण भएको चलचित्र कालो पोथीमा खड्काराज नेपाली र सुकराज रोकाया लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्रले विदेशका २३ वटा चलचित्र फेस्टिभलमा सहभागी भएको तथा भेनिष चलचित्र फेस्टिभलमा वेष्ट चलचित्रको अवार्ड जितेको थियो । यो चलचित्रलाई मीनबहादुर भामले निर्देशन गरेका हुन् । त्यस्तै चलचित्र छेस्कोमा अर्चनाका अलवा राजन कार्की, करण क्रेजी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्र १६ बर्ष मााथीका दर्शकहरुले मात्र हेर्न पाउनेछन् । चलचित्र भित्र अर्चना पनेरुको बोल्ड दृश्यहरु समाबेश गरिएको छ ।








No comments: