[ ]
Latest News Updates

ADVERTISE WITH US

मल्टिप्लेक्समा 'कालो पोथी' ले राज गर्दा सिंगलमा अर्चनाकै 'छेस्को' हाबी
Thursday, June 2, 2016 Posted by Unknown

भोलीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'कालो पोथी' र 'छेस्को' को लडाई अन्य चलचित्रको लडाई भन्दा विल्कुलै फरक छ । चलचित्र 'कालो पोथी' मल्टिप्लेक्स केन्द्रीत चलचित्र हो भने 'छेस्को' सिंगल थ्रिएटर लक्षित चलचित्र हो । पोर्नस्टार बन्छु भन्दै हिँडिरहेकी अर्चना पनेरुले अभिनय गरेको चलचित्र छेस्कोले सिंगल थ्रिएटरमा झण्डै ९० बढि हल पाएको छ भने कालो पोथीले राजधानी भित्र र बाहिरका अधिकांश मल्टिप्लेक्स पाएको छ । 
खबरका अनुसार चलचित्र कालो पोथी सिंगल थ्रिएटरका केहि हलहरुमा मात्र प्रदर्शन आउँदैंछ भने अन्य सबै हलहरु चलचित्र छेस्कोले पाएको छ । अर्चनाको बोल्ड दृश्यका कारण खुबै चर्चामा आएको चलचित्र छेस्कोमा राजन कार्की, करण क्रेजी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै मीनबहादुर भाम निर्देशित चलचित्र कालो पोथीमा खड्काराज नेपाली र सुकराज रोकाया लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्रले विदेशका २३ वटा चलचित्र फेस्टिभलमा सहभागी भएको तथा भेनिष चलचित्र फेस्टिभलमा वेष्ट चलचित्रको अवार्ड जितेको थियो । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply