अर्चना पनेरुले जब बोर्ड अध्यक्ष राईलाई नै कुराइदिइन......
मनिष अन्जान
कुरा दुई दिन पहिलाको हो, राजधानीको एक होटलमा चलचित्र 'छेस्को' यूनिटले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । जसमा प्रमुख अतिथी बनेर चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई आएका थिए । पत्रकारहरुलाई कार्यक्रममा उपस्थित हुनका लागि ९ बजे भनिएको थियो र अध्यक्ष राई ९ः१५ तिर कार्यक्रमस्थलमा आइपुगे । साढे ९ भयो अध्यक्ष राई कति बेला कार्यक्रम सुरु हुन्छ भन्ने प्रतिक्षामा थिए तर अचम्मको कुरा के छ भने पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु नै आइपुगेका थिएनन् । पोर्नस्टार बन्छु भन्दैं हिडेँकी अर्चना पनेरु साढे ९ बजे एउटा कालो कारमा चलचित्रका नायक राजन कार्की र आमाको साथमा निस्किइन । त्यसपछि चलचित्रका नायक तथा निर्माता करण क्रेजीले कार्यक्रम सुरु गर्न निर्देशक शोभित बस्नेतलाई आग्रह गरे र बल्ल कार्यक्रम सुरु भयो ।
अध्यक्ष राईभन्दा अर्चना पनेरु पहिला नै कार्यक्रमस्थलमा आईपुग्नु पर्ने थियो तर अर्चनाले नै अध्यक्ष राईलाई कुराइदिएपछि धेरैले अध्यक्ष राईले आफ्नो पद्को ख्याल गर्न भुलेको आरोप पनि लगाए । चलचित्र विकास बोर्ड भनेको नेपाली चलचित्रक्षेत्रको माउ हो तर त्यहिँ संस्थाका अध्यक्षले आफ्नो स्थान राम्रोसँग सुरक्षित गर्न नजान्दा उनले धेरै पटक यस्तो घटना भोग्दैं आउनु परेको छ । शोभित बस्नेतले पत्रकार सम्मेलनमा उपस्थित सबैलाई बोल्न लगाए र पालो आयो अर्चनाको तर अर्चनाले ढिलो आएकोमा माफीसम्म पनि मागिनन् । अन्तिममा बोल्ने पालो अध्यक्ष राईको थियो र कार्यक्रममा बोल्दैं गर्दा उनले चलचित्रलाई शुभकामना दिए । उनले जुन चलचित्रको चर्चा राम्रो हुन्छ त्यो चलचित्र राम्रो हुने तारिफ सम्म गरे । कुनै बेला यस्तो चलचित्र निर्माण हुनु हुँदेंन भनेर अभिव्यक्ति दिएका राईले चलचित्र छेस्कोलाई शुभकामना दिँदा धेरैले अचम्म पनि माने तर उनले कार्यक्रममा चलचित्र छेस्कोको खुलेरै तारिफ गरेका थिए ।







No comments: