मर्नु अघि आँखा, मुटु र किड्नी दान गर्छु : गौरी मल्ल
अभिनेत्री गौरी मल्ल, जसलाई बच्चा देखी वृद्धसम्मले चिन्छन् । आफ्नो समयमा चलचित्रबाट सबैलाई मनोरञ्जन दिँदै आएकी गौरी मल्ल अहिले पनि नेपाली चलचित्रमा क्रियाशिल नै छिन् । उनको अभिनयका पारखीहरु अहिलेपनि उतिक्कै छन् । पछिल्लो समय अझ चलचित्रमा क्रियाशिल हुँदै आएकी गौरी मल्ल एकपछि अर्को गर्दै विभिन्न चलचित्रमा व्यस्त हुँदैछिन् । आफ्नो समयमा मुख्य नायिकाको भुमिकामा देखिने गौरी मल्ल अहिले अधिकांश चलचित्रमा बढि जसो आमाको भुमिका निभाउँदै आइरहेकी छिन् । गौरी मल्ललाई धेरैले तारिफमा 'अभिनयकी रानी'सम्म भन्ने गर्छन् । सोहि क्रममा उनले दृष्ट्रिविहिन सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण हुन लागेको चलचित्र 'ब्लाइन्ड रक्स'मा पनि काम गर्देछिन् । सोमबार राजधानीमा घोषणा गरिएको चलचित्र 'ब्लाइन्ड रक्स'को कार्यक्रममा उनले आफु चलचित्रमा सृष्टिको आमाको भुमिकामा देखिन लागेको खुलाइन । उनले भनिन्, ''मलाई मर्नु अघि आँखा, किड्नी र मुटु दान गरेर मर्न मन छ, जसबाट अरुले नयाँ जिन्दगी सुरु गर्न सकुन ।' उनले अगाडी थप्दै भनिन्, 'मलाई मेरो शरीर पनि दान गर्न मन थियो तर नमिल्ने रहेछ नभए म मेरो सम्पुर्ण शरीर दान गर्न चाहन्थे ।' उनले कार्यक्रममा बोल्दै गर्दा सबैलाई आँखा दान गर्न पनि आग्रह गरिन् । गौरी मल्लले आफु सृष्टि केसीको मोटिभेसन् स्पिचबाट प्रभावित भएको पनि बताइन । उनले भनिन्, 'म सृष्टि केसीको मोटिभेसन् स्पिचबाट निकै प्रभावित छु र म उहाँबाट धेरै कुरा सिकिरहेको पनि छु ।' उनले सृष्टिको जीवनमा बन्न लागेको चलचित्र ब्लाइन्ड रक्सले धेरैलाई हौसला मिल्ने पनि बताइन ।








No comments: