जेनिशाको हातमा छैन चलचित्र, हुँदैछन् प्रत्येक चलचित्र फ्ल्प
नायिका जेनिशा केसी अहिले फुर्सदिलो छिन् । आफुले अभिनय गरेका प्रत्येक चलचित्र असफल हुँदै गएपछि अहिले उनको हातमा एउटा पनि चलचित्र छैन । केहि महिना अगाडी उनले अभिनयको चलचित्र एक्शन प्रदर्शनमा आएको थियो तर यो चलचित्र पनि असफल रह्यो । हुनत उनको कारणले चलचित्र असफल हुने चाहिँ पक्कै होइन । चलचित्र सफल हुनका लागि कथावस्तु देखी मेकिङ्ग उत्कृष्ट हुनु पर्ने हुन्छ । कलाकारलाई हेर्न दुई दिन दर्शकहरु हलसम्म जाने गरेपनि त्यसपछिका दिनहरुमा चाहिँ चलचित्रको कथावस्तुले नै हलसम्म दर्शक तान्न सक्नु पर्छ । तर जेनिशाले अभिनय गरेको चलचित्रमा उनको अभिनय भन्दा पनि उनले काम गरेको चलचित्रको कथावस्तु नै कमजोर भएको पाइन्छ । पछिल्लो समय जेनिशाको चलचित्र हेरेका अधिकांश दर्शकहरुले उनको अभिनय भन्दा पनि कथावस्तु र मेकिङ्गलाई कमजोरी औलाएका छन् । अहिले जेनिशा उत्कृष्ट चलचित्रभन्दा पनि जुनसुकै चलचित्रमा काम गर्ने बानीका कारण उनको क्रेज अहिले नेपाली चलचित्रक्षेत्रमा खासै छैन ।
अहिलेसम्म उनले काम गरेका चलचित्र हेर्दा उनले कथावस्तु भन्दा पनि पारिश्रमिकको लागि काम गरेको सजिलै अनुमान पनि लगाउन सकिन्छ । धेरै स्टार कलाकारहरुसँग पनि काम गरिसकेकी जेनिशाको पछिल्लो चलचित्र एक पल प्रदर्शनमा आउँदैछ । यो चलचित्र श्रावण २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको छ । यो चलचित्रमा उनको काम चलचित्रको ट्रेलर र गीतहरुबाट सजिलै छुट्याउन सकिन्छ । उनको काम चलचित्र एक पलको ट्रेलर र गीतमा हेर्दा उत्कृष्ट देख्न सकिन्छ । स्रोतका अनुसार जेनिशाको यो अन्तिम चलचित्र हो, जुन प्रदर्शनको तयारीमा रहेको छ । अब जेनिशाको अगाडीको फिल्मी यात्रा यहिँ चलचित्रले तोक्छ भन्दा फरक पर्दैन । यो चलचित्र सफल भयो भने उनको फिल्मी यात्रा केहि सुखद भने देख्न सकिन्छ तर यो चलचित्रले धोका दियो भने चाहिँ उनको करियर कता तिर लम्कला त्यो भने भोलीको दिनले बताउँला । भोलीका दिनमा अब पनि उनले राम्रो व्यानर र राम्रो कथावस्तु नखोजे उनको पनि फिल्मी यात्रा सुखद भने देखिँदैन ।







No comments: