सृष्टि केसीको जीवनमा चलचित्र “ब्लाइन्ड रक्स” बन्ने, हुनेछिन् वेनिशा दृष्टिविहिन
कुनै न कुनै माध्यमबाट तपाईहरुले दृष्टिविहिन सृष्टि केसीलाई चिन्नु भएको पक्कै होला । १६ बर्षको उमेरमा चिकित्सकको लार्पवाहीका कारण आँखाको ज्योति गुमाएकी सृष्टि अहिले २५ बर्षकी भईन । १६ बर्षको उमेरमा आँखा गुमाउँदा सबथोक गुमाएको ठान्ने सृष्टि अहिले सबैका लागि उदारहणको पात्र छिन् । उनी अहिले देश देखी विदेशसम्ममा अध्ययन होस् वा मोटिभेट क्लास गर्नका लागि पुगिरहेकी हुन्छिन् । उनै सृष्टिको जीवनमा आधारित भएर चलचित्र “ब्लाइन्ड रक्स” बन्ने भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा गरिएको छ । निकेश लिम्बुको निर्माण रहने चलचित्रमा सृष्टिको भुमिका भने अभिनेत्री बेनिशा हमालले निभाउँदैछिन् । उक्त चलचित्र घोषणा कार्यक्रममा सृष्टिको एक मोटिभेट स्पिच पनि देखाइएको थियो । चलचित्र “ब्लाइन्ड रक्स” को निर्माण घोषणा कार्यक्रममा बोल्दै नायिका बेनिशा हमालले आफुलाई सृष्टि भएर चलचित्रमा प्रस्तुत हुन निकै चुनौती भएपनि आफुले न्यायपूर्वक निभाउन प्रयास गर्ने बताइन ।
उनले भनिन्, “मलाई सुरुमा सृष्टि राष्ट्रियस्तरको व्यक्ति होकी जस्तो लागेको थियो तर मैले जब उहाँको भिडियो र बायोग्राफी अध्ययन गरे अनि पो लाग्यो उहाँ त अन्तरािष्ट्रयस्तरको यूवती हुनुहुँदो रहेछ । मैले अहिले चलचित्रमा सृष्टि जस्तै देखिनका लागि उहाँको दर्जनौ भिडियोहरु दैनिक हेर्ने गर्छु ।” उनले अगाडी थप्दै भनिन्, “मैले यो चलचित्रका लागि भने ३ महिनाको समय निर्देशक मिलन चाम्ससँग मागेको थिए तर मिलन दाईले मलाई ४ महिनाको समयअवधी दिनु भएको छ । म यो अवधीमा सृष्टिको रियल जिन्दगीलाई अझ नजिकबाट चिन्न र बुझ्न सक्ने छु ।” उनले अब आफु ४ महिना चलचित्र “ब्लाइन्ड रक्स” को वर्कसपमा रहने बताउँदै उक्त ४ महिना अन्य कुनै पनि चलचित्रमा काम नगर्ने पनि बताइन । काठमाडौं र भारतका विभिन्न स्थानहरुमा छायाँकन हुने बताइएको यो चलचित्रको छायाँकन अवधी ४५ दिनको हुने कार्यक्रममा मिलन चाम्सले बताए । उनका अनुसार चलचित्रको लागत १ करोड हाराहारीको हुनेछ । यो चलचित्रमा बेनिशाको अलवा गौरी मल्ल, अर्पण थापा, नाजिर हुसेन, प्रज्वल सुरज गिरी, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रमा शिशिर राणा सृष्टिको बुबाको भुमिकामा देखिनेछन् भने गौरी मल्ल सृष्टिको आमाको भुमिकामा देखिने बताइएको छ । त्यस्तै चलचित्रमा सृष्टिको भुमिकामा बेनिशा र सृष्टिको प्रेमीको भुमिकामा भने नाजिर हुनेछन् ।
सोहि कार्यक्रममा बोल्दै दृष्टिविहिन सृष्टि केसीले आफ्नो जीवनमा आधारित भएर चलचित्र निर्माण हुन लागेको सुन्न पाउँदा निकै खुसी महशुस गरिरहेको बताइन । उनले चलचित्र निर्माण भएपछि आफ्नो जिन्दगीको दोस्रो भाग सुरु हुने बताउँदै भविष्यमा दृष्टिविहिनहरुका लागि विद्यालय सञ्चालन गर्ने सोच रहेको पनि कार्यक्रममा खुलाइन । कार्यक्रममा सृष्टिका आमाबुबा लगायतका सम्पुर्ण परिवारहरुको उपस्थिती रहेको थियो । चलचित्रमा यम थापाको कथा, तारा प्रकाश लिम्बु र हरि लम्सालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जि.सी.को सम्पादन रहने छ । चलचित्रको छायाँकन कार्तिक १९ गतेबाट सुरु हुनेछ ।

No comments: