[ ]
Latest News Updates

ADVERTISE WITH US

४ महिना कुनै पनि चलचित्र गर्दिन : वेनिशा हमाल
Monday, June 20, 2016 Posted by Unknown

केहि दिन अगाडी मात्र निखिल उप्रेतीको जोडी बनेर चलचित्र 'किंग'को छायाँकन सकाएकी अभिनत्री वेनिशा हमालले अबको ४ महिना कुनै पनि चलचित्रमा काम नगर्ने भएकी छिन् । कार्तिक १९ गतेबाट छायाँकनमा जाने तयारी गरिएको चलचित्र 'ब्लाइन्ड रक्स'को वर्कसपमा वेनिशाले ४ महिना वेथित गर्नेछिन् । सोमबार राजधानीमा चलचित्र 'ब्लाइन्ड रक्स'को औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दै वेनिशाले यस्तो बताएकी हुन् । दृष्ट्रिविहिन सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण हुन लागेको चलचित्र ब्लाइन्ड रक्समा उनी सृष्टिको भुमिका निभाउँदैछिन् । १६ बर्षको उमेरमा चिकित्सकको लापरवाहीका कारण आँखाको ज्योति गुमाएकी सृष्टिको भुमिका चलचित्रमा निभाउनका लागि वेनिशा ४ महिना वर्कसपमा समय विताउनेछिन् । उक्त ४ महिनामा वेनिशाले बढि जसो समय सृष्टिसँगै विताउने छिन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्, 'मलाई सृष्टि जस्तै भएर चलचित्रमा काम गर्न निकै गाह्रो हुनेछ तर म सृष्टिको चरित्रलाई न्यायपूर्वक निभाउने छु । मैंले चलचित्रका निर्देशक मिलन चाम्ससँग सृष्टिको विषयमा जान्न र बुझ्नका लागि ३ महिनाको समय मागेको थिए तर मिलन चाम्सले मलाई ४ महिनाको समय दिनु भएको छ । म यो अवधीमा बढि जसो समय सृष्टिसँग विताउनेछु । सृष्टिको चरित्रलाई न्यायपूर्वक निभाउनका लागि ४ महिनाले त पुग्दैन तर पनि म प्रयास भने गर्नेछु ।' उनले यो ४ महिनाको अवधी र चलचित्र 'ब्लाइन्ड रक्स'को छायाँकन अवधीसम्म अरु कुनै पनि चलचित्रमा काम नगर्ने पनि बताइन । उनले आफु पहिलो पटक अन्तराष्ट्रिय यूवती सृष्टिको जीवनमा आधारित भएर निर्माण हुने चलचित्र 'ब्लाइन्ड रक्स'मा काम गर्न पाउँदा निकै खुसी लागेको पनि बताइन । चलचित्रमा वेनिशाको प्रेमीको भुमिकामा नाजिर हुसेन हुनेछन् भने यि दुईको अलवा गौरी मल्ल, अर्पण थापा, प्रज्वल सुरज गिरी, शिशिर राणा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ  । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply