[ ]
Latest News Updates

ADVERTISE WITH US

'एभरेष्ट फिल्म एकेडेमी' ले फिल्मी पढाउने
Thursday, June 16, 2016 Posted by Unknown

राजधानीमा चलचित्र सम्बन्धी सबै अध्ययन गराउने एभरेष्ट फिल्म एकेडेमी सञ्चालनमा आएको छ । बिहिबार एकेडेमीको प्रागणमा आयोजित एक कार्यक्रमका बिच सुचना तथा सञ्चारमन्त्री शेरधन राईले एभरेष्ट फिल्म एकेडेमीको उद्घाटन गरेका छन् । यस कलेजले ‘निर्देशन, अभिनय, छायांकन र सम्पादन(भीएफएक्स सम्बन्धी अध्ययन गराउने एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । एकेडेमीको डिरेक्टरमा निर्देशक उज्ज्वल घिमिरे, विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’, ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा रहेका छन । एकेडेमीमा लक्ष्मीनाम शर्मा र उज्ज्वल घिमिरेले निर्देशन सिकाउने छन् भने विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक चौलागाईले अभिनयको विषयमा अध्ययन गराउने छन् । त्यस्तै प्रेम उपाध्याय र विश्नु कल्पीतले छायांकनतर्फको अध्ययन गराउने छन् भने रजनी पन्त, दशरथ गिरीले दृश्य सम्पादन र भीएफएक्सको विषयमा अध्यापन गराउने बताइएको छ । उक्त एकेडेमीको सल्लाहाकारमा भने टिममा गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकाल रहेका छन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply