'गाजलु' देशैभर एकैसाथ प्रदर्शनमा / शुक्रबारको बीहानी सो मा उत्साहजनक दर्शकहरु
यो शुक्रबारबाट प्रतिक्षित चलाचित्र 'गाजलु' देशैभर एकैसाथ प्रदर्शनमा आएको छ । 'होस्टेल', 'जेरी', र 'ड्रिम्स' जस्ता सफल चलचित्रहरुबाट आफ्नो छुट्टै फ्यान र क्रेज बटुलेका कलाकार अनमोल केसी अभिनित गाजलुसँग यो हप्ता सोलो प्रदर्शनमा आएको छ ।
यो हप्ता गाजलुसँग अन्य कुनै नयाँ चलचित्र प्रदर्शनमा नआएपनि मल्टिप्लेक्स हलमा भने गाजलुलाई टक्कर दिन गएको हप्ता प्रदर्शनमा आएको चलचित्र 'कालो पोथी' छ । मल्टिप्लेक्समा अहिलेपनि उल्लेख्य संख्यामा दर्शक भित्राइरहेको 'कालो पोथी' ले गाजलुलाई केहि असर गर्ने देखिएपनि गाजलुको व्यापार उच्च हुने चलचित्रकर्मीहरु बताउँछन् । त्यस्तै गएको हप्ता प्रदर्शनमा आएको बलीउड चलचित्र 'हाउसफुल ३' को मल्टिप्लेक्समा व्यापार राम्रो रहेको बताइएको छ । कालो पोथी र हाउसफुल ३ ले गर्दा गाजलुको व्यापारमा भने केहि कमी आउन सक्छ । विहिबार राजधानीमा गरिएको गाजलु प्रिमियरमा पत्रकार र चलचित्रकर्मीहरुले चलचित्रलाई निकै रुचाएका थिए । अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहाडी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र गाजलुले सिंगल हलहरुमा भने राम्रै राज गर्ने पक्का छ । सिंगल हलमा गाजलु एक्लै प्रदर्शनमा आएको छ ।








No comments: