‘फान अवार्ड २०७२’ को २४ विधाका नोमिनेशन आउट / (लिस्ट सहित)
पहिलो पटक नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागेको ‘फान अवार्ड २०७२’ को २४ विधाका नोमिनेशन बिहिबार सार्वजनिक राजधानीमा गरिएको छ । एक कार्यक्रमका बिच कलाकार संघले ‘फान अवार्ड २०७२’ को नोमिनेशन सार्वजनिक गरेको हो ।
नोमिनेशनको उत्कृष्ट चलचित्रमा गएको बर्ष प्रदर्शनमा आएको चलचित्र 'कबड्डी कबड्डी', 'क्लासिक', 'पशुपति प्रसाद', 'प्रेम गीत' र 'ड्रिम्स' परेका छन् ।
त्यस्तै उत्कृष्ट अभिनेतामा दयाहाङ राई (कबड्डी कबड्डी), खगेन्द्र लामिछाने (पशुपति प्रसाद), प्रदिप खड्का (प्रेमगीत), आर्यन सिग्देल (क्लासिक) र सौगात मल्ल (फन्को) बाट परेका छन् भने उत्कृष्ट अभिनेत्रीको नोमिनेशनमा रिश्ता बस्नेत (रिफ्यूजी), केकी अधिकारी (भाग् सानी भाग), निता ढुंगाना (फूलै फूलको मौसम तिमीलाई), नम्रता श्रेष्ठ (क्लासिक) र प्रियंका कार्की (फन्को) बाट पर्न सफल भएका छन् । असार १८ गते काठमाडौंमा कलाकार संघले पहिलो पटक ‘फान अवार्ड २०७२’ गर्न लागेको हो । सूचना तथा संचार मन्त्रालयका सह-सचिव दीनेश थपलियाले पानसामा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने नोमिनेशनको प्रमाणपत्र पनि चलचित्रकर्मीहरुलाई वितरण गरिएको थियो ।

No comments: