सलमानकी हिरोइनली भनिन 'नेपाल निकै सुन्दर' / फर्किन स्वदेश
गएको हप्ताको विहिबार काठमाडौं आएकी चलचित्र 'जय हो' मा सह-अभिनेत्रीको भुमिका निर्वाह गरेकी बुर्ना अब्दुल्ला स्वदेश फर्किएकी छिन् ।
उनी एक हप्ता लामो नेपाल बसाईपछि भारत फर्किएकी हुन् । बिहिबार काठमाडौं आएपछि उनी बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरिएको एक कार्यक्रममा सहभागि भएकी थिइन । त्यसपछि उनी घुम्नका लागि सिधै नगरकोट पुगेकी थिइन । नगरकोटमा झण्डै तिन दिन विताएकी उनले त्यहाँका रमणीय स्थानहरुको भ्रमण गरेकी थिइन । नगरकोट हुँदा उनले नेपाल निकै सुन्दर रहेको भन्दै इन्स्ट्राग्राममा तारिफ पनि गरेकी थिइन । उनले भारत फर्किदै गर्दा चाँडै आफु फेरी नेपालका अन्य रमणीय ठाँउहरुको भ्रमण गर्न आउने पनि बताइन । ब्राजिलमा जन्मिएकी अभिनेत्री बुर्नाले मुम्बईमा मोडलिङ करियरबाट फिल्म यात्रा सुरु गरेकी हुन्। उनले 'क्यास', 'आई हेट लभ स्टोरी', 'देसी ब्वाईज्', 'ग्रान्डी मस्ती' र 'जय हो' लगायत बलिउड फिल्महरुमा अभिनय गरिसकेकी छिन्।








No comments: