[ ]
Latest News Updates

ADVERTISE WITH US

रिलिज भयो “एक पल” को ट्रेलर र चार गीत (भिडियो)
Monday, June 20, 2016 Posted by Unknown

साउन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “एक पल” को ट्रेलर र चार गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको निर्माणपक्षले गीत र ट्रेलर सार्वजनिक गरेको हो । जेनिशा केसी र आरएल महर्जनको मुख्य भुमिका रहेको चलचित्र 'एक पल'को ट्रेलर र गीतहरुलाई चलचित्रकर्मी तथा पत्रकारहरुले निकै रुचाएका थिए । गीतमा देखिएको मेकिङ्ग शैलीले अझ चलचित्रलाई स्तरिय बनाएको देख्न सकिन्छ । म्युजिक लभस्टोरीमा आधारित यो चलचित्रलाई राज शाक्यले निर्देशन गरेका हुन् । राज शाक्यले यसअघि रघुविर, म माया गर्छु तिमीलाई, तिमी विनाको जीवन चलचित्र निर्देशन गरेका थिए । चलचित्रको ट्रेलर र गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका जेनिशा केसीले चलचित्र एक पल आफ्नो लागि विशेष रहेको बताइन । उनले चलचित्र म्युजिक लभस्टोरी भएका कारण सबै बर्गका दर्शकहरुलाई मन पर्ने पनि बताइन । त्यस्तै नायक तथा निर्माता आरएल महर्जनले आफुलाई नायक भन्दा पनि निर्माता भए चिनिन् चाहेको बताए । सोहि कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक राज शाक्यले चलचित्र एक पलमा मान्छेको जीवनमा घट्ने प्रत्येक पलहरुको सुख दुखलाई देखाएको खुलाए । चलचित्रमा महेश खड्का र तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने अष्ट महर्जनको द्धन्द्ध रहेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply