[ ]
Latest News Updates

ADVERTISE WITH US

मानव अधिकार फिल्म महोत्सव सुरु
Friday, June 10, 2016 Posted by Unknown

मानवताको सम्मान गर्ने उद्देश्यले मानव अधिकार फिल्म महोत्सव सुरु भएको छ । शुक्रबार ललितपुरको स्टाफ कलेजमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महोत्सवको उद्घाटन गरे। अस्कर अवार्ड विजेता पाकिस्तानी डकुमेन्ट्री अ गर्ल इन द रिभरको प्रदर्शनीबाट महोत्सव सुरु भएको थियो । त्यस्तै भर्खरै चलचित्र विकास बोर्डबाट विशेष फिल्मको अवार्ड जित्न सफल नेपाली फिल्म छायाँको महोत्सवमै प्रिमियर समेत सम्पन्न भयो। बाल यौनदुराचारको विषय बोकेको उक्त फिल्म मनोज पण्डितले निर्देशन गरेका हुन् । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौथो संस्करण १३ देशका ३२ वटा फिल्महरु समेटिएका छन्। मानव अधिकारका मुद्दाहरु समेटिएका फिल्महरुको महोत्सव आगामी आइतबारसम्म चल्नेछ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply