[ ]
Latest News Updates

ADVERTISE WITH US

बसन्तले ल्याए 'क्यारम त नि' (भिडियो)
Friday, June 10, 2016 Posted by Unknown

संगीतकार बसन्त सापकोटा गायक पनि बनेका छन । 'क्यारम त नि' बोलको गीतमा बसन्तले स्वर तथा संगीत दिएका छन । 'क्यारम त नि' को अफिसियल म्युजिक भिडियो समेत सार्बजनिक भएको छ । अहिलेका व्यस्त भिडियो मेकर दिपेन्द्र केसी निर्देशित ‘क्यारम त नि’मा अहिलेका चर्चित मोडल तथा अभिनेता पल शाह र नेपाली सिनेमाकी चर्चित अभिनेत्री नीता ढुंगाना संगै दर्जन कोरसहरुको फिचरिंग रहेको छ । उक्त गीतको शब्द प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा रामकुमार केसीको छयांकन, प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन । 'क्यारम त नि' गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply