दयाहाङ र नम्रता उत्कृष्ट, भुवन केसीले पाए नव-निर्देशकको अवार्ड
प्रत्येक बर्ष चलचित्र विकास बोर्डले वितरण गर्दे आइरहेको राष्ट्रिय चलचित्र पुरस्कार र दीर्घ साधना सम्मान बिहिबार राष्ट्रपति भवनमा प्रदान गरिएको छ ।
बिहिबार राष्ट्रपति निवास शितलनिवासमा भएको एक औपचारिक कार्यक्रमका बिच राष्ट्रिय चलचित्र पुरस्कार र लाइफ टाइम अचिभमेन्ट अवार्ड राष्ट्रपति विद्या देवी भण्डारीले प्रदान गरेकी थिइन । यस बर्षको उत्कृष्ट अभिनेताको अवार्ड कबड्डी कबड्डीबाट दयाहाङ राई र अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठले पाएकी छन् । त्यस्तै सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल, छायांकनमा ड्रिम्सबाट संजय लामा र पुरुषोतम प्रधान र लेखनमा पशुपतिप्रसादबाट खगेन्द्र लामिछानेले अवार्ड हात पारे ।
विकास बोर्डले यस बर्षको उत्कृष्ट चलचित्रको अवार्ड चलचित्र पशुपति प्रसादलाई प्रदान गरेको छ भने उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के. खनालले यही चलचित्रबाट अवार्ड हात पारेका छन् । सोही अवार्ड समारोहमा आदिवासी चलचित्रतर्फ गुरुङ भाषाको इम्पो देउरालीले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्दा नव निर्देशकको अवार्ड ड्रिम्सबाट भुवन केसीले पाए ।

कार्यक्रममा यस बर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड बसुन्धरा भुसाललाई प्रदान गरिएको छ । ३ लाख राशी सहित बसुन्धरा भुसाललाई राष्ट्रपति भण्डारीले ताम्रापत्र प्रदान गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेकी थिइन । अवार्ड वितरण कार्यक्रममा बोल्दै राष्ट्रपति विद्या देवी भण्डारीले चलचित्रक्षेत्रको विकास गर्न सके नेपाली चलचित्रहरु पनि अन्तराष्ट्रियस्तरसम्म पुग्न सक्ने बताइन । त्यस्तै कार्यक्रममा सहभागी सूचना तथा सञ्चार मन्त्री शेरधन राईले पनि अगाडी बर्ष देखी राष्ट्रिय चलचित्र पुरस्कारका लागि विशेष बजेट नै पारित गर्ने बताए । कार्यक्रमको सभाअध्यक्ष चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले गरेका थिए ।

No comments: