यस्तो बनेर आयो 'चपली हाइट २' को ट्रेलर (भिडियो)
भाद्र २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'चपली हाइट २' को ट्रेलर बाहिरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको निर्माणपक्षले 'चपली हाइट २' को ट्रेलर सार्वजनिक गरेको हो । आयूष्मान जोशी, मरिष्का पोख्रेल, परमिता राणा लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा आर्कषक र रोचक देख्न सकिन्छ । निर्देशक दिपेन्द्र खनालद्धारा निर्देशित चलचित्र 'चपली हाइट २' को ट्रेलर हेर्दा कतै चलचित्र हरर होकी भन्ने आभाष पनि हुन्छ । कार्यक्रममा चलचित्रत्रको एक गीत पनि सार्वजनिक गरिएको थियो । यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा तयार गरिएको निर्देशक दिपेन्द्र के. खनालले जानकारी दिए । चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन्








No comments: