[ ]
Latest News Updates

ADVERTISE WITH US

'दर्पण छायाँ २' को निर्माण घोषणा, हुनेछन् पुष्पसँग सहारा र श्रद्धा
Monday, June 13, 2016 Posted by Unknown

निर्देशक तुलसी घिमिरेले १६ बर्ष अगाडी निर्देशन गरेको चलचित्र 'दर्पण छायाँ' को सिक्वेल स्वरुप चलचित्र 'दर्पण छायाँ २' निर्माण हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको औपचारिक निर्माण घोषणासँगै शुभ मुहुर्त पनि गरिएको हो । चलचित्रमा मोडल पुष्प खड्काका साथमा २ नयाँ नायिका सहारा कार्की र श्रद्धा प्रसाइको मुख्य भूमिका हुनेछ । त्यस्तै यो चलचित्रमा सरोज खनाल, वीएस राना, शेर वहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिनाको पनि मुख्य भूमिका रहनेछ । तुलसी घिमिरेको लेखन र निर्देशन रहने चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् । चलचित्र दर्पण छायाँमा दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंह भने दोहोरिने छैनन् । चलचित्रको बिहिबारबाट छायाँकन हुने बताइएको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply