[ ]
Latest News Updates

ADVERTISE WITH US

संगीतकार अम्बर गुरुङको निधन, सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने
Monday, June 6, 2016 Posted by Chitra Khabar

नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ
शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ।’
बरिष्ठ संगीतकार एवं राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङको मंगलबार विहान २;४० बजे  ग्राण्डी अस्पतालमा निधन भएको हो ।   आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरू ग्राण्डी अस्पताल पुगेर संगीतकार गुरुङसँग भेट गरेका थिए । अन्न नलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एकसातादेखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत थिए । संगीतकार अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा भएको थियो । संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ विदाई गरिने सरकारको तयारी रहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply