[ ]
Latest News Updates

ADVERTISE WITH US

सकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, छायाँलाई दुई पुरस्कार
Sunday, June 12, 2016 Posted by Unknown

चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज ललितपुरमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको महोत्सव विभिन्न विधामा चलचित्रहरुलाई पुरस्कृत गर्दै आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रमको प्रमुख आतित्थ्यता राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मा. मोहना अन्सारीले गर्नु भएको थियो । महोत्सवमा नेपाली चलचित्र छायाँले दुई पुरस्कार प्राप्त गर्न सफल भयो । बाल यौन शोषणको कथामा बनेको उक्त चलचित्रले सर्वोत्कृष्ट कथानक चलचित्रको पुरस्कार प्राप्त ग¥यो भने त्यसै चलचित्रबाट निर्देशक मनोज पण्डितले कथानक चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार भारतीय चलचित्र क्याण्डल्स इन छ विन्डले जित्यो भने वृत्तचित्रतर्फ सर्वोत्कृष्ट निर्देशकको पुरस्कार इराकी संगीतकाबारे निर्मित चलचित्र अन द ब्यांक्स अफ द टिग्रिसका लागि अष्ट्रेलियाली निर्देशक मार्सा एमरम्यानले प्राप्त गर्नुभयो ।
त्यसैगरी इरानी चलचित्र यान्ट्स अपार्टमेन्टले जुरीका तर्फबाट विशेष पुरस्कार प्राप्त ग¥यो भने विष्णु प्रसाद गौतमले निर्देशन गर्नु भएको मुक चलचित्र द मिररले नेपाली कर्नर अन्तर्गत र्सोत्कृष्ट चलचित्रको पुरस्कार प्राप्त ग¥यो । अडियन्स च्याइस अवार्ड भने अस्कर विजेता पाकिस्तानी चलचित्र अ गर्ल इन द रिभरले प्राप्त ग¥यो । र्सोत्कृष्ट चलचित्रहरुको छौनट इजराइली निर्देशक डान वुल्म्यान, नेपाली निर्देशक छिरिङ रितार शेर्पा र बंगलादेशी निर्देशक सहनवाज काकोली सम्मिलित जुरीले गरेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि मा. मोहन अन्सारीले यो महोत्सव सफल भएकोमा खुशी व्यक्त गर्दै आयोजकहरुलाई बधाई दिनु भयो । उहाँले यस्ता कार्यक्रमहरु मोफसलमा पनि आयोजना गरेर मानवअधिकार सुनिश्चित गर्नका लागि सहयोग पु¥याउनु पर्ने धारण व्यक्त गर्नुभयो । त्यसैगरी युएनडिपिका डेपुटी कन्ट्री डाइरेक्टर सोफी केम्खाद्जेले युएनडिपि यस्ता कार्यक्रमहरुलाई सहयोग गरी नेपालमा मानव अधिकार प्रवद्र्धमा निरन्तर सहयोग गर्न तयार रहेको बताउनु भयो । मानव अधिकार चलचित्र केन्द्रले प्रत्येक वर्ष आयोजना गर्ने महोत्सवको पाँचौं संस्करण आगामी वर्ष पुनः हुनेछ । महोत्सव राष्ट्रिय मानव अधिकार आयोग र युएनडिपिको सहआयोजनामा भएको थियो ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply