[ ]
Latest News Updates

ADVERTISE WITH US

‘कृ’ बाट अनमोलको पारिश्रमिक २० लाख
Sunday, June 12, 2016 Posted by Unknown

चार चलचित्रबाट आफुलाई सुपरस्टारको रुपमा स्थापित गराएका नायक अनमोल केसी सर्वाधिक महंगा नायक बनेका छन् ।  उनले निर्माण हुन लागेको नयाँ चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएका छन् । द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा यो चलचित्र बन्नेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘आभाष’ निर्देशन गरेका थिए । चलचित्रमा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् । सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौतासँगै अनमोलले काम गर्ने पाँचौ चलचित्र पक्का भएको छ । फिल्मको स्क्रिप्ट छेतेन गुरुङ र आशिष रेग्मीले तयार गरिरहेका छन्।  लण्डनमा छायांकन हुने यो चलचित्रको लगानी करिव डेढ करोडको हुनेछ ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply