[ ]
Latest News Updates

ADVERTISE WITH US

दिप्सनले ल्याए “ॐ नमः शिवाय” (भिडियो)
Monday, June 13, 2016 Posted by Unknown

यूवा गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश “ॐ नमः शिवाय” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाज रहेको उक्त गीतमा सञ्जिव बराइलीको एरेन्ज रहेको छ । पशुपतिका साधुसन्तहरुको विभिन्न क्रियाकलापहरुलाई भिडियोमा चित्रण गरिएको छ । श्री पराजुलीको छायाँकन र सम्पादन रहेको भिडियोलाई चर्चित गायक बादल प्रसाईले निर्देशन गरेका हुन् । भिडियोमा बादलको निर्देशकीय क्षमता अब्बल देखिएको छ । गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश ४ औं नम्बरको गीतको भिडियो हो, “ॐ नमः शिवाय” ।  
योसँगै दिप्सनको एल्बम “दीप” मा “तिम्रो याद”, “अनिता”, “छम छम”, “यो माटो” र “बाल मतलब” बोलका गीतहरु रहेका छन् । यि सबै गीतमा शब्द, संगीत र आवाज गायक दिप्सनकै रहेको छ । झापामा जन्मिएका गायक दिप्सनले एल्बम “दीप” मा समाबेश “अनिता” बोलको गीत आफ्नो श्रीमतीका लागि कोरेका हुन् । श्रीमतीको नाम अनिता तामाङ्ग भएका कारण गायक दिप्सनले श्रीमतीको तारिफमा यो गीतको रचना गरेका हुन् । सानैदेखी गीत गाउन, डान्स गर्न मनपराउने दिप्सनले पहिलो पटक सोलो एल्बम “दीप” बजारमा ल्याएका हुन् । एल्बमको विषयमा बोल्दै गायक दिप्सनले आफ्नो अथक मेहेनतपछि बजारमा आफ्नो सोलो एल्बम “दीप” लिएर आएको जानकारी दिए । युवापुस्ताका दर्शक, स्रोताहरुलाई लक्षित गरेर आफुले “दीप” एल्बम बजारमा ल्याएको पनि गायक क्षेत्रीले बताए । उनका अनुसार “दीप” एल्बममा समाबेश अन्य गीतहरुको भिडियोहरु पनि विस्तारै निर्माण गरिनेछ ।  

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply