[ ]
Latest News Updates

ADVERTISE WITH US

भुवन अमेरिकामा तर किन गएनन् अनमोल ?
Thursday, June 23, 2016 Posted by Unknown

केहि दिन अगाडी मात्र लण्डनमा चलचित्र 'ड्रिम्स'को प्रदर्शन सकाएर नेपाल फर्किएका अभिनेता भुवन केसी अमेरिका हानिएका छन् । चलचित्र 'ड्रिम्स' पाइरेसी भएपछि लण्डनबाट भुवन र छोरा अनमोल केसी नेपाल आएका थिए । अनमोल अभिनित चलचित्र 'गाजलु' पनि प्रदर्शनको संघारमा रहेको बेला अनमोल पनि पिता भुवन केसीसँग लण्डनबाट नेपाल फर्किए । चलचित्र गाजलुले उत्साहजनक व्यापार गरेपछि अहिले अनमोल प्रफुलित छन् । चलचित्रले उत्साहजनक व्यापार गरिरहेको अबस्थामा अनमोलले २० लाख पारिश्रमिक लिदैं चलचित्र 'कृ' मा सम्झौता गरे । यो चलचित्रको चाँडै छायाँकन सुरु हुँदैछ । यहि क्रममा अहिले अनमोल चलचित्र 'कृ' को तयारीमा रहेका छन् । यहि अबस्थामा पिता भुवन केसी भने अमेरिका हानिएका छन् । घरमा सँगै बस्ने गरेका उनीहरु छोरा अनमोललाई छोडेर पिता भुवन केसी अमेरिका हानिनुलाई यति बेला सबैले अनौठो मानेका छन् । अहिलेका सुपरस्टार अनमोल केसीलाई कतै अमेरिकी दुतावासले भिषा नदिएको कारण भुवन एक्लै अमेरिका हानिएको हुन सक्ने बताइएको छ । तर भुवन लामो समयका लागि अमेरिका हानिएका भने होइनन् । अनमोललाई लिएर निर्माण हुन लागेको चलचित्र 'कृ' मा भुवनको पनि २० प्रतिशत लगानी रहनेछ त्यसैले पनि उनी चाँडै अमेरिका बसाई छोट्याएर नेपाल फर्किने बताइएको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply