डिग्री त छैन तर हेर्दै जानुस् कुनै दिन जनताको मन र मत जित्छु : करिश्मा मानन्धर
अहिले चर्चा छ त अभिनेत्री करिश्मा मानन्धरको । केहि दिन अगाडी नयाँ शक्ति पार्टीको घोषणा सभामा सञ्चालिका बनेकी करिश्माले कार्यक्रम सञ्चालनको दौडानमा अनगिन्ती गल्तीहरु गरिन् । जसको आलोचना अहिलेसम्म पनि सेलाउन सकेको छैन् । कार्यक्रममा पुग्ने अतिथीहरुको शद्ध नाम उचारण नगर्नु देखी अंग्रेजी शुद्धसँग नबोल्नु नै उनी आलोचनाको मुख्य पात्र बनिन् । यो कुरा विस्तारै सेलाउँदै गइरहेको बखत केहि दिन अगाडी फेरी अर्को हल्ला चल्यो त्यो हो करिश्माले नयाँ शक्ति पार्टी छोड्दैछिन् । यो समाचारले अहिले राम्रै तरंग ल्याइदिएको छ । करिश्माले डा.बाबुराम भट्टराईलाई फोन गरेर आफु नयाँ शक्ति छोड्न लागेको खबर सुनाउन लागेको भन्ने समाचारहरुले अहिले राम्रै स्थान पाइरहेको बखत उनले सामाजिक सञ्जालबाट कडा जबाफ फर्काएकी छिन् । उनले आफुलाई राजनीति गर्न नसक्ने भनेर आलोचना गर्नेहरु देखी समाजमा आफुलाई विद्यवानहरुभन्नेहरुलाई स्टाटसबाट राम्रै प्रहार गरेकी छिन् ।
यस्तो छ करिश्माले फेसबुकमा लेखेको स्टाटस । (हामीले सम्पादन गरेर प्रकाशन गरेका छौ)
'केही लेख्न मन लाग्यो
यहाँ धेरै विद्यवानहरु छन । तर ती बर्गहरु त्यति बेला सक्रिय हुन्छन् जब यहाँ कसैले गल्ती गर्छ या ऊनीहरुले कसैको कमजोरी पत्ता लगाउछन । नयाँ शक्ति नेपालको घोषणा सभा पनि सबैको चासोको विषय बनी रह्यो । त्यस समारोहमा म बाट केहि गल्ती कमजोरीहरु भए । अनि ममा अरु पनि धेरै कमजोरीहरु होलान् र छन मैले नजानेका अझै थुप्रै कुराहरु होलान ।
अनि न राजनिती मेरो पृष्ठभूमि हो
न राजनिती मेरो चासोको विषय रह्यो
न राजनितीमा सकृय रूपमा आबद्ध भएर अगाडि बढने कुनै दिन कल्पना गरेको थिए र आज पनि मेरो जीवन रहे सम्म एउटा कलाकार कै रुपमा सजिएर रेड कार्पेटमा टक टक हिँड्न चाहन्थे होला र बिहानको चियाको चुस्की सँगै अनलाइन र पत्रपत्रिकामा आफ्ना फोटोहरु हेर्न चाहान्थे होला त्यही मैले जानेको र चाहेको चिज थियो ।
मलाई कसले राजनीतिमा ल्यायो ?
म किन राजनीतिमा आए ?
ती मानिसहरु जसको जिम्मामा राजनीति थियोे उनिहरुले के गरे ?
अनि अर्को एउटा समूह जो विद्यवान छन ती विद्यवानहरु जो लामा लामा लेख लेखेर आफ्ना बिग्यता दर्शाउछन र यहाँका हरेक क्षेत्रका कुना कुनाका हिसाब किताब राखेर बसेका छन उनीहरुलाई देश कसरी डुबेको भन्ने पनि थाहा छ । अनि देशलाई कसरी उतार्ने भन्ने पनि थाहा छ तर ती विद्यवानहरु गर्छन् के भने येसै गरि पत्रपत्रिकामा आफ्ना ज्ञानका भण्डार ओकल्छन् र फेसबुक र ट्विटरमा पण्डित्याई गर्छन अनि देश उस्ताको उस्तै । म भन्न चाहन्छु तपाईहरु जस्तो ज्ञान भएका विद्यवानहरु राजनीतिमा आईदिनु भएको भए यो देश उहिल्यै बनी सक्थ्यो र करिश्मा मानन्धर जस्तो अल्पग्यानीहरुले देश बनाउछु भनेर अघि सर्नु पर्दैन थियो यो मेरो लागि सौभाग्य भए पनि यो देशको लागि दुरभाग्य हो, पर्खी रहनु होस लामा लामा आर्टिकल लेख्दै गर्नोस् गालीगलोचले सामाजिक सञ्जालका भित्ता रङ्गाउँदै गर्नोस् कुनै दिन जनताको मन र मत जितेर यो देशको विकासमा ठुलो योगदान दिनेछु त्यो दिन धेरै टाढा छैन र त्यो दिन के भनेर उडाउने के भनेर आलोचना गर्न तयारी आजै बाट सुरु गर्नु होला । मेरो जीवन कालमा धेरै डिग्री भएका मानिस भेटेको छु त्यस्तो मानिसको न देशमा कमी छ न बिदेशमा कसै कसै सँग त ट्रिपल डिग्री पनि छ तर माफ गर्नु होला त्यसको फाईदाको शब्द यो समाजले चाख्न पाएन । म सँग तपाईंहरु सँग भएको डिग्री त छैन होला तर तपाईहरु सँग म सित भए जस्तो देशको फिक्री छैन ।'








No comments: