[ ]
Latest News Updates

ADVERTISE WITH US

सय करोडको दौडमा 'हाउसफुल ३', ३ दिनमा कमायो ५० करोड बढि
Monday, June 6, 2016 Posted by Unknown

गएको शुक्रबारबाट प्रदर्शनमा आएको बलीउड चलचित्र 'हाउसफुल ३' ले यति बेला आक्रमक व्यापार गरिरहेको छ । प्रदर्शनमा आएको दिन १५.२१ करोडको व्यापार गरेको चलचित्र हाउसफुल ३ ले दोस्रो दिन १६.३० र तेस्रो दिन २१.८० करोडको व्यापार गरेको पत्रकार तरण आदर्शले ट्विटरमार्फत जानकारी दिएका छन् । उनका अनुसार यो चलचित्रले तिन दिनमा ५३.३१ करोडको व्यापार गरेको छ । यसरी हेर्दा अबको केहि दिन यसरी नै चलचित्र हाउसफुल ३ ले व्यापार गरे सय करोडको आँकडा पार गर्ने अनुमान लगाउन सकिन्छ । अक्षय कुमार, ज्याकलिन फर्नान्डेज, अभिषेक बच्चन, रितेश देशमुख लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको व्यापार बम्पर भएपछि अक्षय कुमारको चर्चा चुलिएको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply