[ ]
Latest News Updates

ADVERTISE WITH US

शुशिल पोख्रेलले बनाउँदैछन् 'राधे', 'तेरे नाम'मा थियो यो नाम सलमानको
Monday, June 27, 2016 Posted by Unknown

निकै बर्ष अगाडी प्रदर्शनमा आएको बलीउड चलचित्र 'तेरे नाम'मा सलमान खान 'राधे'को भुमिकामा देखिएका थिए । उनको उक्त भुमिकालाई दर्शकहरुले निकै रुचाएका थिए र चलचित्र सुपरहिट पनि भयो । अब सोहि नाममा नेपाली चलचित्र निर्माण हुने भएको छ । निर्माता शुशिल पोख्रेलले 'राधे' नामक चलचित्र निर्माण गर्ने भएका छन् । लब सव चलचित्रले राम्रो आम्दानी गरेपछि निर्माता पोख्रेलले राधे नामक चलचित्र निर्माण गर्न कसिएका हुन् । उनका अनुसार अब चलचित्रका लागि केहि मात्र कलाकार छनोट हुन बाँकी रहेको छ । भदौको पहिलो साताबाट फ्लोरमा जाने तयारी कसिएको चलचित्र राधेमा को को कलाकारहरु प्रमुख भुमिकामा हुनेछन् त्यो भने अहिले निर्माता पोख्रेलले खुलाउन मानेनन् । उनका अनुसार यो चलचित्रको बारेमा चाँडै एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा गरिनेछ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply