मौलिक नेपाली चलचित्र ‘लाले’ ले सेन्सर बोर्ड बाट पायो "U" सर्टिफिकेट / सेन्सरमा पायो तारिफ
मौलिक नेपाली चलचित्र ‘लाले’ ले सेन्सर बोर्ड बाट पायो "U" सर्टिफिकेट / सेन्सरमा पायो तारिफ
नेपाली कथानक चलचित्र "लाले" सेन्सर बोर्ड बाट "उ" अर्थात युनिभर्शल सर्टिफिकेट पाएको छ । यो फील्म लाई अब जुनै पनि उमेर समुहका दर्शकहरुले आफ्ना नजिकैका सिनेमा हलमा गएर हेर्न सक्नेछन् । सोमबार सेन्सर भएको यस फिल्मले सेन्सर बोर्डका सदस्यहरुले मौलिक कथामा बेनेको फिल्म निकै राम्रो रहेको पनि बताए ।
प्रदर्शनको लागि तयार भएको चलचित्र लाई निर्देशक ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । निर्देसक न्यौपाने फिल्मको बारे यसो भन्छन "नेपाली कथा लाई समेटेर बनाएको मेरो यस फिल्मले दर्शकहरुको मन जित्नेमा म बिस्वस्त रहेको छु । "
यहि असार १७ गतेबाट देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘लाले’ मा केदार ढुंगाना, दिनेश केसी, दीपेशराज पाण्डे, उषा खनाल, सिमा लामिछाने, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय हेर्न पाईने छ । केदार ढुंगानाको निर्माणमा यस अघि "द ट्रयाप " नामक चलचित्र प्रदर्शनमा आएको थियो । उनि द्वारा अभिनित "लाले " सहित अन्य दुई चलचित्र "फाइट क्लब " र "अन्डर नाईन्टिन" पनिं प्रदर्शनको क्रमम रहेको छ ।
फरक-फरक पेशा गर्ने ४ दाजुभाइ र उनीहरुमा आउने खटपटीको र उतारचढाव लाई देखाउन खोजेकोले फिल्म लाई दर्शकले मन पराउनेमा म र मेरो टिम बिस्वस्त छ " नायक तथा निर्माता केदार ढुंगानाले हामी संग भने ।
टिपिकल नेपाली लबजलाई कथामा उतारिएको भनिएको यो चलचित्रमा ट्रयांगल लभस्टोरी देखाईएको छ ।









No comments: