[ ]
Latest News Updates

ADVERTISE WITH US

मलाई दीपिकाले जति खुसी अरुले दिन सक्दैनन् : रणवीर सिंह
Monday, June 27, 2016 Posted by Unknown

लामो समयदेखी बलीउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण प्रेम सम्बन्धमा रहेको चर्चा छ । तर हालसम्म प्रेम सम्बन्ध रहेको खुलासा नगरेका उनीहरु एक अर्काको तारिफ भने राम्रैसँग गर्ने गर्छन । प्रत्येक अन्तर्वार्तामा उनीहरुलाई एकअर्काको विषयमा विभिन्न प्रश्नहरु पत्रकारहरुले सोध्ने गर्छन र उनीहरु असहज नमान्दै उत्तर दिने गर्छन । त्यहि क्रममा हालै सम्पन्न आईफा अवार्ड–२०१६ मा रणवीरले दीपिकाको विषयमा फेरी एक सनसनीपुर्ण अभिव्यक्ति दिएका छन्, जसको चर्चा यति बेला बलीउडमा व्यापक छ । आईफा अवार्ड–२०१६ मा सर्बोत्कृष्ट अभिनेताको अवार्ड समात्दै भने ‘मलाई दिपिकाले जति खुशी अरु कसैले पनि दिन सक्दैन ।’ उनले यस्तो अभिव्यक्ति दिइरहँदा दीपिका भने मन्द मन्द मुस्कुराइरहेकी थिइन । अन्तिममा दीपिकाले पनि सर्बोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply