यस्तो बनेर आयो 'म त तिम्रै हुँ' को नयाँ गीत (भिडियो)
साउन ७ गतेबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको नेपाली चलचित्र 'म त तिम्रै हुँ' को नयाँ गीत बाहिरिएको छ । यसअघि सार्वजनिक गरिएका गीत र ट्रेलरलाई दर्शकहरुले निकै रुचाइरहेको अबस्थामा चलचित्र यूनिटले 'म त तिम्रै हुँ'को 'फ्रि योरसेल्फ एभरीबडी' बोलको गीत सार्वजनिक गरेको हो । गीतमा संगीत हर्कुलस बस्नेतको छ भने स्वरमा हर्कुलसलाई अल्मोडा राना र सञ्जिमाले साथ दिएका छन् । अनमोल क्रियशनको व्यानरमा तयार भएको यो चलचित्रलार्य भुवन केसीकी पूर्वपत्नी सुस्मिता केसीले निर्माण गरेकी हुन् । श्रीराम महतले निर्देशनले निर्देशन गरेको यो चलचित्रमा आकाश श्रेष्ठ, ज्योत्सना योगी सगै जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्का,अर्जुन खड्का र सुशील काफ्लेको अभिनय देख्न सकिन्छ ।








No comments: