[ ]
Latest News Updates

ADVERTISE WITH US

'जुइनो' सार्वजनिक गर्न नेपाल आइन विनिता, खेल्लिन त फिल्म ?
Wednesday, June 1, 2016 Posted by Unknown

चलचित्र चपली हाइटीकी हट एण्ड क्युट अभिनेत्री भनेर चिनिने नायिका विनिता बराल केहि समयदेखी अमेरिकामा कृषि सम्बन्धी अध्ययनका लागि बस्दैं आएकी छिन् । चपली हाइटपछि अन्य चलचित्र खासै सफल नभएपछि काठमाडौंको टोखामा जग्गा भाडामा लिएर कृषि फार्म खोलेकी उनले यसैको शिलशिलमा अमेरिका हानिएकी थिइन । विनिता कृषी सम्बन्धी अध्ययनका लागि छात्रावृत्तिमा अमेरिका गएकी हुन् । उनले अमेरिकामा एम बि ए इन एग्री बिजनेसम ग्रेजुएट गर्न अमेरिका पुगेकी थिइन् , स्मरण रहोश उनको पढाई पुरा हुन् अझ एक बर्ष बाँकी नै छ । विनिता आफ्नो पुस्तक 'जुइनो' सार्वजनिक गर्नका लागि नेपाल आएकी छिन् । 'जुइनो' एउटा प्रेम कथा हो तर यसले कृषिलाई प्रमोट गर्न खोजेको उनले बताईंनं । उनले नेपाल आए लगत्तै आफ्नो कोसिस  'जुइनो' सार्बजनिक गर्ने बताएकी छिन । 'जुइनो' ले कृषि लाई प्रबर्द्धन गर्नेमा बिस्वस्त रहेको हामि संग बताईन  । 
आफ्नो आधिकारी फेसबुकमा नेपाल आउन लागेको जानकारी सहित फोटो पोष्ट गरेकी विनिताले अबको केहि दिनमा पुस्तक जुइनो सार्वजनिक गर्नेछिन् ।  पुस्तक कृषकहरुलाई कृषि पेशा गर्न केहि सहज होस् भन्ने हिसाबले र आफुले कृषि गर्दा पाएका सुख दुखहरुलाई समेटेर पुस्तक बजारमा ल्याउन लागेको उनको भनाई छ । उनी उक्त पुस्तक सार्वजनिक गरेपछि पुन अमेरिका हानिने छिन् । उनी दुई बर्षे अध्ययनका लागि अमेरिका लागेकी हुन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply