[ ]
Latest News Updates

ADVERTISE WITH US

'फूलझैं नरम, घामझैं गरम बनायो' (भिडियो)
Friday, June 3, 2016 Posted by Unknown

असार १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'तीन घुम्ती'को नयाँ गीत सार्वजनिक भएको छ । 'फूलझैं नरम, घामझैं गरम बनायो' बोलको सार्वजनिक गीतमा गरिमा पन्त र सुशान्त कार्की देखिएका छन् । कृष्णहरि बरालको शब्द, वसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ। नेपाली कांग्रेसका चर्चित नेता स्व.विपी कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा गरिमा र सुशान्तका अलवा ध्रव दत्त, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापाको अभिनय छ । बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा कर्मा प्रोडक्शनको लगानी छ । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरि बरालको गीत छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply