सलमानको कारण आमिर खतरामा
बलीउडका दुई खान सलमान खान र आमिर खान मित्रताको हिसाबले कुरा गर्ने हो भने मिल्ने साथी हुन् । आजसम्म उनीहरुको सम्बन्धमा दरार आएको खबर बाहिर आएको छैन् त्यसैले पनि उनीहरु मिल्ने साथी हुन भन्दा गलत हुँदैंन । तर व्यबसायिक पाटोलाई हेर्ने हो भने सलमान र आमिर दुश्मन हुन् किनकी दुवैका चलचित्रले को भन्दा को कम हिसाबले व्यापार गर्ने हुँदा व्यबसायिक पाटोमा चाहिँ उनीहरु दुश्मन सरह नै छन् । तर अहिले आमिर खानलाई एउटा कुराले राम्रैसँग सताएको छ त्यो हो सलमान खानको यस बर्ष प्रदर्शनमा आउन लागेको चलचित्र 'सुल्तान' । यो चलचित्र इदमा प्रदर्शनमा आउने भएपनि आमिर खानको चलचित्र 'दंगल'लाई असर गर्ने देखिएपछि आमिरको चिन्ता बढेको हो ।
कारण यो छ कि, आमिर खानको चलचित्र दंगल र सलमान खानको सुल्तानको कथा लगभग लगभग एउटै हो । दुवै चलचित्रले पहलवानको कथा बोकेको छ र दुवै सत्य घटनामा आधारित चलचित्र हुन् । सुल्तानमा सलमानले सुल्तान अली खानको जुन चरित्र निभाएका छन् जो विपक्षीलाई मारपिट गर्न एकदमै खप्पिस छ। बताइअनुसार आमिरको दंगलको मुख्य पात्रको चरित्र पनि उस्तै नै छ। दंगल महावीर फोगटको जीवनीमा आधारित बायोपिक फिल्म हो भने सुल्तान फिक्सन स्टोरीमा आधारित छ। यसरी लगभग कथा एउटै परेपछि आमिरलाई यति बेला खतराको सुचक सुनाइदिएको छ । हुनत सलमानको चलचित्र सुल्तानभन्दा आमिरको दंगलको छायाँकन चाँडै सुरु भएको हो तर प्रदर्शनमा सलमान अगाडी आएपछि आमिरको चिन्ता झन बढेको छ । सुल्तान जुलाई ६ मा रिलिज हुने छ भने दंगल डिसेम्बर २३ मा मात्र रिलिज हुनेछ।








No comments: