[ ]
Latest News Updates

ADVERTISE WITH US

अस्मि , सुरबिना र नरेनको तिहार गीत "देउसीरे" सार्वजनिक
Saturday, November 7, 2020 Posted by Chitra Khabar

नेपाली सांगितक आकाशमा यो पटक भने पर्वका गीतहरु त्यति धेरै सार्वजनिक भएन। पहिलेको तुलनामा यो पटक न तीजमा धेरै गीत आयो न दशैमा न त अहिले सम्म तिहारमा नै। तर यो पटक भने तिहारमा एक छुट्टै खालको मौलिक गीत "देउसीरे.." सार्वजनिक भएको छ।

संगीतकार तथा गायिका अस्मि रिसालको तिहारको नयाँ गीत "देउसीरे " सार्वजनिक भएको छ । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा नेपाली चलचित्र नगरीको चर्चित नायिका सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मि  रिसाल र दिपिका थापालाई  फिचर्ड गरिएको छ। 


नेपाली गीत लगायत भारतीय गीतमा पनि अवाज तथा अभिनय गरी सकेकी गायिका अस्मि रिसाल नेपाली सांगितक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने कोसिसमा रहेकी छिन। सांगीतिक र अभिनयको कक्षा लिएकी गायिका रिसालले यो पटकको  तिहार पर्वको लागी आफ्ना दर्शक श्रोतालाई शुभकामना स्वोरुप यो गीत "देउसीरे" सार्वजनिक गरेकी हुन् । 

यस गीतमा सौरब लामाको सिनेमाटोग्राफी ,मित्र गुरुङको सम्पादन रहेकोछ।निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको यस गीतलाई ओ एस आर डिजिटलको आफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply