पालको एक मात्र अध्यात्मिक सांगीतिक व्याण्ड सत्याकृत ब्याण्ड "आउ फर्केर"सार्वजनिक
Monday, April 30, 2018 Posted by Mero Tv
समाजमा मानव हृदयमा सद्भाव र सकारात्मक उर्जा संचार गर्ने हेतुले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले बौद्ध जयन्तीको अवसर पारेर ‘आउँ फर्केर’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।
सत्याकृत ब्याण्ड नेपालको एक मात्र अध्यात्मिक सांगीतिक व्याण्ड हो ।
यो ब्याण्डले पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलकिा गीतहरुलाई प्रस्तुत गर्दै आएको छ । यो ब्याण्डले इश्वर भक्तिपरक भजनहरु, गुरुज्ञानमय गीतहरु पस्कदै आएको छ ।
यो गीतले जाती, भेषभुषा भन्दा माथि उठेर नैतिक जागरणको अध्यासलाई वृद्धी गर्न आह्वान समेत गरेको छ ।
यो गीतमा श्री हजुरको शब्द छ । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।
No comments: