नायिका पुजा शर्माको जन्मदिनमा माग्ने बुढाले यशो भने ? भिडियो समाचार
आज मिति बैशाख १७ गते अभिनेत्री पूजा शर्माको जन्मदिन परेको छ । यहिँ जन्मदिनको अवसरमा पूजाले दर्शकलाई उपहारस्वरूप ‘रामकहानी’ सिनेमाको पहिलो गीत सार्वजनिक गरेकी छन् ।
अर्जुन पोखरेल शब्द/संगीतमा बनेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कोरियोग्राफी भने कविराज गहतराजले भरेका छन् । गीतलाई धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको हो ।
सुदर्शन थापा निर्देशित सिनेमामा पूजासँगै सुदर्शनको पनि लगानी छ । माथि उल्लेखित कलाकारका अलावा सिनेमामा रविन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, शोभित बस्नेत लगायतका कलाकारको अभिनय छ । सिनेमा यहिँ वर्षको भदौ २२ मा रिलिज हुदैछ ।








No comments: