[ ]
Latest News Updates

ADVERTISE WITH US

इमरान हासमीको आज जन्मदिन
Saturday, March 24, 2018 Posted by Chitra Khabar

एजेन्सी । बलिउड अभिनेता इमरान हासमीको जन्मदिन आज परेको छ । उनी  उत्तर प्रदेशको कन्नौजमा २४ मार्च सन् १९७९ मा जन्मिएका हुन्। आज २४ मार्च देखि उनि ३९ वर्षमा लागेको छ ।

इमरान बलिउडमा ‘सिरियल किसर’ को उपनामले प्रचलित छन् । इमरानले डिसेम्बर २००६ मा परविन सहानीसँग इस्लामिक रितिरिवाज अनुसार बिहे गरेका थिए। उनको को छोरा पनि छन् ।

पहिलो स्टेजको क्यान्सर  भएको आर्यन अहिले स्वस्थ्य भइसकेका छन्। इमरानले बलिउडमा आफ्नो करिअरको सुरुवात २००३ मा विक्रम भट्टले बनाएको फिल्म ‘फुटपाथ’ बाट गरेका थिए। सन् २००८ मा रिलिज भएको ‘जन्नत’ फिल्म सुपर हिट भएको थियो।

इमरान हासमी अहिले भारतका पूर्व क्रिकेट कप्तान अजहरुद्दिनको कहानीमा आधारित बायोपिकमा काम गरिरहेको भारतीय मिडियाले जनाएका छन्।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply